मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडाैं | मंसिर १३, २०८०

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

 

धनगढी उपमहानगरपालिका-११ बेलास्थित सडकमा से-२ प २६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका(५ बस्ने ३८ वर्षीय खेम चौधरीको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

 

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि निसर्ग अस्पताल धनगढी पुर्‍याइएको थियो। अस्पताल पुर्‍याइएको केहीबेरमा उनको मृत्यु भएको हो।

 

दुर्घटनाबारे अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्